कञ्चनपुरका विपिन जोशी हमासको नियन्त्रणमा सुरक्षित 



विपिन जोशी

काठमाडौँ । प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा हराइरहेका नेपाली नागरिक विपीन जोशी गाजाको एक अस्पतालमा सकुशल फेला परेको इजरेली डिफेन्स फोर्स (आइडिएफ)ले जानकारी दिएको छ।

७ अक्टोबर २०२३ मा दक्षिणी इजरेलमा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेदाहरूमध्येमा कञ्चनपुरका विपिन जोशी पनि रहेको इजरेली  डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएको इजरायलस्थित नेपाली दूतावासले  जनाएको छ । “विपीनको पछिल्लो अवस्थाबारे यकिन गर्न सकिएको छैन । हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजी कार्य जारी रहेको छ,” दूतावासले विज्ञप्ति जारी गर्दै भनेको छ ।

प्रतिक्रिया दिनुहोस्