भारतद्वारा चौथो चरणको भूकम्प राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण



india-nepal

काठमाडौँ । छिमेकी राष्ट्र भारतले अत्यावश्यक चिकित्सा सामग्री सहितको चौथो चरणको भूकम्प राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । चौथो चरणको भूकम्प राहत सामग्री यही मङ्सिर ४ गते नेपाल आइपुगेको थियो ।

नेपाल चिकित्सक सङ्घको माग अनुरूप भारतले यी राहत सामग्री उपलब्ध गराएको हो । यी राहत सामग्रीमा अत्यावश्यक औषधी र उपकरण समावेश छन् । जाजरकोट र त्यस वरपर गत कार्तिक १७ गते गएको भूकम्पबाट प्रभावित परिवारका लागि हालसम्म भारतले ३४ टन भन्दा बढी आपत्कालीन राहत सामग्री उपलब्ध गराइसकेको छ ।

छिमेकी पहिलो नीति अन्तर्गत नेपाललाई सहयोग गर्ने भारतीय प्रतिबद्धतालाई जाजरकोट भूकम्पमा भारतले देखाएको मानवीय सहयोगले पुष्टि गरेको छ । नेपाल सरकारले तोकेको मापदण्ड र प्राथमिकताका आधारमा भारतले नेपालमा राहत सामग्री सहयोगलाई निरन्तरता दिने नेपाल स्थित भारतीय राजदूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्