संसारमा त्यस्तो ठाउँ जहाँ सम्पूर्ण सहर काठले बनेको छ



काठमाडौँ । मानिसले आफ्नो आवश्यकता अनुसार पृथ्वीमा धेरै सुन्दर सहर र भवनहरू निर्माण गरेको छ। संसारमा धेरै गगनचुम्बी भवनहरू, सुविधाहरूले सुसज्जित घरहरू र चम्किलो सहरहरू छन्। हेरेपछि जो कोही प्रभावित हुन सक्छन्। यदि तपाईँ यी सबै चीजहरूलाई हेर्नुभयो भने, सबै भवनहरू कङ्क्रिटले बनेका छन्, तर कहिलेकाहीँ मानिसहरू केही फरक गर्नको लागि अचम्मको काम गर्छन्। यस्तै एउटा कथा हाल स्विडेनबाट बाहिर आएको छ ।

तपाईँले आजसम्म काठबाट बनेका धेरै चीजहरू देख्नुभएको होला। तर के तपाईँलाई थाहा छ विश्वको पहिलो काठको सहर स्विडेनको राजधानी स्टकहोममा बनिरहेको छ । यस निर्माणको पछाडि डेनिस स्टुडियो हेनिङ लार्सन र स्विडेनी फर्म ह्वाइट आर्किटेक्टको दिमाग रहेको बताइएको छ । उनले यो संसारकै सबैभन्दा ठुलो काठको सहर हुने दाबी गरेका छन् ।

यो कलेज देखेपछि वास्तुविद्को मनमा सोच आयो कि यदि यसरी कलेज बनाउन सकिन्छ भने सिङ्गो सहर किन बन्न सकिँदैन रु त्यसपछि मात्र आर्किटेक्टले यो काठको सहर निर्माण गर्ने निर्णय गरे। स्टकहोमको दक्षिण पूर्वमा निर्माण हुन लागेको यो सहर २ लाख ५० हजार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिने विकासकर्ता एट्रियम लजङ्गबर्गले बताए । यसमा सात हजार कार्यालय हुनेछन् । मानिस बस्न सक्ने गरी २ हजार घर बनाइनेछ ।निर्माण व्यवसायीका अनुसार यस ठाउँमा चार सयभन्दा बढी कम्पनीले काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्