२६ प्रहरी सम्पर्कविहीन



काठमाडौँ । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि गैर हाजिर रहेका २६ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।

जानकारीबिनै दुई/तीन महिनादेखि सम्पर्कविहीन भएपछि प्रहरी प्रधान कार्यालयले खोजी कार्य गरेको हो ।

पहिलो पटक सूचना जारी गर्दासमेत हाजिर नभपछि प्रहरी प्रधान कार्यालयले सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्