नर्सिङ परिषद्को लाइसेन्स परीक्षामा २० प्रतिशत नर्स पास 



nurse exam

काठमाडौँ । नेपाल नर्सिङ परिषद्ले ३४औँ नर्सको नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरिएको छ । जसमा ८० प्रतिशतभन्दा बढी नर्स फेल भएका छन् । शनिवार लिएको स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको लाइसेन्स परीक्षाको नतिजाले ८० प्रतिशतभन्दा बढी नर्स फेल भएका हुन् ।

नर्सिङतर्फ कुल १ हजार २७० जना सहभागी भएका मध्ये २४६ जना अर्थात् १९.३४ प्रतिशत मात्रै पास भएका छन् ।यस्तै, शनिवार नै लिएको बीएस्सी नर्सिङ तर्फको लाइसेन्स परीक्षामा पनि आधाभन्दा बढी फेल भएका छन् । बीएस्सी नर्सिङमा कुल सहभागी ४१४ जनामध्ये २०३ जना ९४९.०३०  प्रतिशत उत्तीर्ण भएका छन् ।

शनिवार बिहान ९ देखि ११ : ३० सम्म सञ्चालन भएको ३४औँ नाम दर्ता परीक्षा नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान सानोभर्याङ र बागमती कलेज सुकेधारा सेन्टरमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्