पेट्रोल र डिजेलको मूल्य घट्यो



काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बिहीबार मध्य राति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रेलको मूल्य घटाएको हो ।
पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रुपैयाँ मूल्य घटेको छ ।

नयाँ मूल्यअनुसार चार आली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटर क्षेत्रमा पेट्रोलको १६७ रुपैयाँ ५० पैसा पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ तथा काठमाडौँ, पोखरा र दिपायल डिपोको १५ किलोमिटर क्षेत्रमा एक लिटर पेट्रोलका लागि १७० रुपैयाँ पर्ने छ । डिजेल र मट्टितेल भने क्रमशः १५७ रुपैयाँ ५० पैसा, १५९ रुपैयाँ र १६० रुपैयाँ पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्