सुनको मूल्य घट्यो, चाँदीको बढ्यो



काठमाडौँ । नेपाली बजारमा साताको अन्तिम दिन शनिवार सुनको मूल्य घटेको छ । भने, दीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घट्दा चाँदीको मूल्य २० रुपैयाँले बढेको छ ।

आज सुनको मूल्य तोलामा एक लाख १९ हजार, तेजाबी सुनको मूल्य एक लाख १८ हजार ४५० र चाँदीको मूल्य एक हजार ५ सय ४० रुपैयाँ कायम भएको छ । यो मूल्य सुनको रेकर्ड मूल्यबाट केही तल झरेको महासंघले जनाएको छ ।

बिहीबार सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड मूल्यमा स्थिर थियो । हिजो छापावाल सुनको मूल्य एक लाख १९ हजार ३ सय, तेजाबी सुनको मूल्य एक लाख १८ हजार ७५० र चाँदी एक हजार ५२० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्