नेपालले नामिबिया र नेदरल्याण्ड्ससँग खेल्ने



cricket_nepal

काठमाडौं । नेपालले नामिबिया र नेदरल्याण्ड्सँग खेल्दै आईसीसी वर्ड क्रिकेट विश्वकप लिग २ को सुरुवात गर्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार सुचना जारी गर्दै फागुनमा नेपालले घरेलु मैदानमा दुई टिमसँग खेल्दै लिग २ को सुरुवात गर्ने जानकारी गराएको हो ।

फागुन ७ गते काठमाडौंमा हुने लिग २ को पहिलो खेलमा नेपालले नामिबिया र नेदरल्याण्ड्सँग प्रतिस्पर्धा गर्नेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगितामा ८ टिम सहभागी रहने भएका छन् । लिग २ मा १ सय ६८ खेल हुनेछ । सुपर लिगबाट रेलिगेट भएर नेदरल्याण्ड्स आएको हो भने लिग टूबाट नामिबिया, नेपाल, ओमान, स्कटल्याण्ड र यूएस आएका हुन् । प्लेअफ छनोटबाट क्यानडा र यूएईले स्थान बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्