८ लाख भारुसहित २ भारतीय नागरिक पक्राउ



पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ लाख भारतीय रुपैयाँसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।  बिसतारा एयरको उडानबाट दिल्ली जान लागेका ३५ वर्षीय धर्मेन्द्र नागर र ४२ वर्षीय पङ्कज गुप्ता बिहीबार दिउँसो विमानस्थलबाट पक्राउ परेका प्रहरी प्रधान कार्यालय नक्शालले शुक्रबार जारी गरेको बुलेटिनमा उल्लेख छ ।

धर्मेद्र नागरको साथबाट ५ सय दरका ७५७ थान, दुई सय दरका २३० थान र १ सय दरका ६७० थान गरी जम्मा ४ लाख ९१ हजार ५०० भारतीय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । यसै गरी पङ्कज गुप्ताको साथबाट ५ सय दरका ६१७ थान गरी ३ लाख ८ हजार ५०० भारतीय रुपैयाँ बरामद भएको छ ।

अन्तर्राष्ट्रिय उडानतर्फको ह्याण्ड व्याग चेकिङ एरियामा जाँच गर्ने क्रममा उनीहरूबाट भारतीय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । उनीहरूलाई आवश्यक अनुसन्धानका लागि ललितपुरको पुल्चोकस्थित राजश्व अनुसन्धान विभागको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्