गर्भावस्थामा बान्ता किन हुन्छु ?



pregnancy

काठमाडौँ । गर्भावस्थामा महिलाहरू कहिलेकाहीँ बान्ता गर्छन्। तर, गर्भावस्थामा बान्ता हुनु सामान्य मानिन्छ। अमेरिकी स्वास्थ्य एजेन्सी नेशनल इन्स्टिच्युट अफ हेल्थका अनुसार करिब ७० देखि ८० प्रतिशत महिलालाई गर्भावस्थाको पहिलो तीन महिनामा वाकवाकी लाग्ने वा बान्ता हुने गरेको छ ।

तर कतिपय महिलाहरू गर्भावस्थामा बान्ता हुने कारण निकै डराउँछन् । जसका कारण उनी स्वास्थ्य विज्ञहरूको सल्लाह पनि लिन्छिन् । तर गर्भावस्थाको समयमा कुनै पनि महिलाको लागि बान्ता सामान्य हो। यस अवधिमा महिलाहरू किन बान्ता गर्छन् र यसबाट बच्न के कस्ता घरेलु उपायहरू अपनाउन सकिन्छ जानौँ ।

स्वास्थ्य विज्ञहरूका अनुसार गर्भावस्थामा महिलाको हर्मोनमा तीव्र परिवर्तन हुन्छ । पाठेघरमा भ्रूणको विकासका लागि कोरियोनिक गोनाडोट्रोफिन नामक हर्मोन हुन्छ। गर्भावस्थामा यो हर्मोनको स्तर बढ्छ, जसले पेटमा प्रत्यक्ष असर गर्छ। यही कारणले गर्दा गर्भावस्थामा महिलाहरू बान्ता गर्छन् तर यो समस्याबाट बच्न धेरै घरेलु उपायहरू छन् ।

बच्ने घरेलु उपाय

सासको दुर्गन्ध हटाउन सौंफको प्रयोग गरिन्छ । यो सुगन्धित मसलाले गर्भावस्थामा हुने बान्ता र वाकवाकी जस्ता समस्याबाट पनि राहत दिन्छ। त सौंफमा एन्टी९ब्याक्टेरियल र एन्टी९इन्फ्लेमेटरी गुण हुन्छ, जसले पेटसम्बन्धी समस्यालाई कम गर्छ। यदि तपाईँ गर्भावस्थामा बान्ताको समस्या सामना गर्दै हुनुहुन्छ भने कागती पानी प्रयोग गर्नुहोस्। यो घरेलु उपाय धेरै प्रभावकारी साबित हुन सक्छ। मनतातो पानीमा कागतीको रस र एक चुटकी नुन मिलाउनुहोस्। यसको सेवनले महिलाको पाचन प्रणाली ठिकसँग काम गर्छ । यसले पेटमा एसिडिटी कम गर्न मद्दत गर्छ।

प्रतिक्रिया दिनुहोस्