रुसी सेनामा निधन भएका नेपालीको शव चाँडो पठाउन आग्रह



परराष्ट्र मन्त्रालय

काठमाडौँ । नेपाल सरकारले रुसी सरकारलाई रुसी सेनामा कार्यरत रही निधन भएका छ जनाको शव यथाशीघ्र देशमा पठाउन तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेको छ।

परराष्ट्र मन्त्रालयले सोमवार जारी गरेको विज्ञप्तिमा नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउनसमेत रुसी सरकारलाई अनुरोध गरेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्