नेपालका भूकम्पपीडितलाई भारतले २० मेट्रिक टन चामल सहयोग गर्ने



काठमाडौँ । नेपालका भूकम्प प्रभावितका लागि भारतले २० मेट्रिक टन चामल अनुदान दिने भएको छ । बिहीबार भारतको वाणिज्य तथा उद्योग मन्त्रालय मातहतको वैदेशिक व्यापार महानिर्देशनालयले राजपत्रमा एक सूचना जारी सो घोषणा गरेको हो ।

जसअनुसार नेपालका भूकम्प प्रभावितका लागि अनुदान स्वरूप २० मेट्रिक टन गैरबासमती चामल उपलब्ध गराउने उल्लेख छ । सो चामल नेपालको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई उपलब्ध गराउने महानिर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्