विपिन जोशीको रिहाइकालागि सरकार निरन्तर पहलमा 



विपिन जोशी

काठमाडौँ । हमासले बन्धक बनाएका भनिएका कञ्चनपुरका विपिन जोशीलाई रिहाइकालागि सरकारले निरन्तर पहल गरिरहेको छ । यसै क्रममा सरकारले जोशीको रिहाइकालागि कतारसँग आग्रह गरेको छ ।

हिजोदेखि सुरु भएको २१औँ दोहा फोरममा सहभागी हुन कतार पुगेका परराष्ट्र मन्त्री एनपी साउदले कतारका परराष्ट्र राज्यमन्त्री मोहम्मद बिन अब्दुलअजीज अल खुलाइफीसँगको भेटमा जोशीको रिहाइका लागि पहल गर्न आग्रह गरेको हो ।

परराष्ट्र मन्त्री साउदले जोशीको छिटोभन्दा छिटो रिहाइका लागि पहल गरिदिन आग्रह गरेको र कतारी राज्यमन्त्री खुलाइफीले जोशीको रिहाइका लागि लगातार रूपमा लागिरहेको जवाफ दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । हमाससँग कतारसँगको सम्बन्ध राम्रो रहेकाले नेपालले जोशीको रिहाइका लागि पहल गरिदिन पटक पटक आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्