दुई सय ७० जनालाई विद्यालय पोसाक



मलङ्गवा । सर्लाहीको पर्सा गाउँपालिका–१, शीतलपुरस्थित रहेको प्राथमिक विद्यालयका विद्यार्थीलाई आज विद्यालय पोसाक वितरण गरिएको छ ।विद्यालय प्राङ्गणमा आज एक समारोहबीच गाउँपालिका अध्यक्ष धीरेन्द्र यादवले विद्यार्थीलाई स्कुल ड्रेसको कपडा वितरण गरेका हुन् ।

पर्सा गाउँपालिकाको आर्थिक सहयोगमा दुई सय ७० जना छात्र छात्रालाई विद्यालय पोसाकको लागि कपडा वितरण गरिएको सूचना प्रविधि अधिकृत विमलेश यादवले जानकारी दिए। विद्यालय पोसाक वितरण कार्यक्रममा वडाध्यक्ष सतेन्द्र यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र राय यादव, प्रधानाध्यापक सुशील यादवलगायत शिक्षक, अभिभावक र विद्यार्थीको सहभागिता रहेको थियो । पर्सा गाउँपालिकामा रहेका आठ वटा सामुदायिक विद्यालयमा करिब ४७ विद्यार्थी अध्ययनरत रहेको सूचना प्रविधि अधिकृत यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्