आम जनता पार्टीद्वारा माघ १० गते मधेश बन्दको घोषणा



काठमाडौँ । आम जनता पार्टी र बैङ्क तथा वित्तीय पीडित सङ्घर्ष समितिले आगामी माघ १० गते मधेश बन्द सहितको सङ्घर्षको कार्यक्रम घोषणा गरेको छ । बैकंहरुले मनोमानी ढङ्गले लिइएको ब्याज फिर्ता, लघुवित्त तथा सहकारीबाट गरिब किसानले लिइएको कर्जा माफी तथा आम जनतालाई सहज कर्जाको व्यवस्था गर्ने जस्ता लगायतका मागहरूसहित सङ्घर्षको कार्यक्रम घोषणा गरिएको हो ।

आम जनता पार्टीले एक विज्ञप्ति जारी गर्दै मधेश बन्द सहितको सङ्घर्षको कार्यक्रम घोषणा गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो गौरवशाली पार्टी आम जनता पार्टीको नेतृत्व एवम् बैङ्क तथा वित्तीय पीडित सङ्घर्ष समितिको आयोजनामा यही माघ १० गते मधेश बन्द सहितको सङ्घर्षको कार्यक्रम घोषणा गरिएको छ । बैकंहरुले मनोमानी ढङ्गले लिइएको ब्याज फिर्ता, लघुवित्त तथा सहकारीबाट गरिब किसानले लिइएको कर्जा माफी तथा आम जनतालाई सहज कर्जाको व्यवस्था गर्ने जस्ता लगायतका मागहरुको सम्बोधन गर्न निरन्तर हामी आवाज उठाई रहे पनि सरकार गम्भीर नदेखिएको सन्दर्भमा बाध्य भई निम्नानुसार सङ्घर्षको कार्यक्रम घोषणा गर्नु परेको विषय स्पष्ट छ। आम जनताको भविष्य र देशको समृद्धि सँग जोडिएको यो महत्त्वपूर्ण मागहरूमा ऐक्यबद्धता प्रकट गरी सङ्घर्षको कार्यक्रमलाई सफल बनाउन आम बुद्धिजीवी, किसान, मजदुर, उद्योगी व्यवसायी एवं पत्रकार सबैमा हार्दिक अपिल गर्दछौ ।’

बैक तथा वित्तीय पीडितहरूको सङ्घर्ष समितिको कार्यक्रम

  • पौष १२ गते प्रदेश स्तरीय भेला वीरगन्जमा ।
  • १३ गते पौष मसान्त सम्म स्थानीय तहमा पीडितहरू सँग अन्तरक्रिया तथा सङ्घर्ष समिति गठन गर्ने ।
  • माघ १ गते देखि माघ ८ गते सम्म प्रत्येक जिल्लामा अन्तरक्रिया तथा सङ्घर्ष समिति गठन गर्ने ।
  • माघ ९ गते प्रत्येक जिल्लामा मोटर साइकिल जुलुस वा मशाल जुलुस गर्ने ।
  • माघ १० गते मधेश बन्द ।
प्रतिक्रिया दिनुहोस्