रातको समयमा चोरी गर्ने ६ जना पक्राउ



काठमाडौँ । प्रहरीले रातको समयमा विभिन्न मिति र ठाउँबाट चोरी गरेको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ । उपत्यकाका विभिन्न स्थानबाट मङ्गलवार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौँका विभिन्न स्थानमा बस्नेहरू भारत बैसालीका १८ वर्षीय किशोर, भारत मोतीहारीका १९ वर्षीय किसन गिरी, भारत बिहारका २१ वर्षीय कृष्ण पोदार, काठमाडौँ नागार्जुन नगरपालिका९६ सितापाइला बस्ने ३० वर्षीय बिक्रम गर्तौला, झापा वाहुनडाँगी नगपरालिका९८ का २९ वर्षीय रमेश विश्वकर्मा र मोरङ सुन्दरहरैचा नगरपालिका९९ का ३३ वर्षीय डिल्लीराम विश्वकर्मा रहेका छन् ।  उनीहरूमध्ये बिक्रम, रमेश र डिल्लीराम सुन पसले रहेका छन् ।

गत असार १५ गते काठमाडौँ शम्भुमार्गस्थित भगवती श्रेष्ठको घरबाट र कात्तिक ५ गते काठमाडौँ बिजयचोस्थित बालकृष्ण श्रेष्ठको कोठाबाट गरी जम्मा १३ लाख ५८ हजार रुपैयाँ बराबरको सुनका विभिन्न गहना तथा नगद चोरी भएको थियो।

घटनाको अनुसन्धानको क्रममा चोरीमा संलग्न उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्