विपिन जोशी रिहा हुनेमा ढुक्क हुन परराष्ट्रमन्त्री साउदको आग्रह 



काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले कतारका प्रधानमन्त्रीले हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी रिहा हुनेमा ढुक्क हुन आग्रह गरेका छन् । कतारमा भएको दोहा फोरममा सहभागी भएर शनिवार साँझ नेपाल फर्किएका परराष्ट्रमन्त्री साउदले कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीले हमासले विदेशी नागरिक र गैर सैनिक मुक्त गर्ने कुरामा आफू आश्वस्त रहेको भन्दै नेपाललाई पनि आश्वस्त हुन आग्रह गरेको बताए ।

शनिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने,’विदेशी र गैर सैनिक मुक्त गर्ने सन्दर्भमा सम्बन्धित पक्षसँग छलफल कुराकानी गरिरहेको, मुक्त हुनेमा आश्वस्त रहेको र नेपाली बन्धक पनि मुक्त हुने कुरामा आश्वस्त रहनुस् भन्नुभएको छ ।’

प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणका क्रममा इजरेलमा अध्ययनका लागि गएका नेपाली विद्यार्थी विपिन जोशी सम्पर्कविहीन भएका थिए । इइजरेली सेनाले उनी हाल हमासको कब्जामा रहेको बताएको छ । हमाससँग राम्रो सम्बन्ध रहेका आधारमा नेपालले कतारलाई विपिन जोशीको रिहाइमा सहयोग गर्न आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्