पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली 



आंशिक बदली

काठमाडौँ । हाल देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज मङ्गलवार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली देखि सामान्यतया सफा तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

बुधवार दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। राती देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। बिहीबार दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया दिनुहोस्