शिवम् सिमेन्टले १५ प्रतिशत लाभांश वितरण गर्ने



काठमाडौँ । शिवम् सिमेन्ट(SHIVM) ले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई १४।२५ प्रतिशत बोनस सेयर  कर प्रयोजनको लागि ०।७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्