कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली 



आंशिक बदली

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका थोरै स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ ।

आज बिहीबार दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। राती देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ।

शुक्रवार दिउँसो देशभर आंशिक बदली रहनेछ। राती देशभर आंशिक बदली रहनेछ।

शनिवार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। राती देशभर आंशिक बदली देखि मौसम सामान्यतया रहनेछ।

 चेतावनी तथा परामर्श 

देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनुहुन सबैमा अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्