मुक्तिनाथ विकास बैङ्कको लाभांश घोषणा



काठमाडौँ । मुक्तिनाथ विकास बैङ्क (MNBBL) ले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैङ्कले हाल कायम चुक्ता पुँजीको १०.२६३२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ९.७५ प्रतिशत बोनस सेयर रहेको छ भने ०.५१३२ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

पुस ५ गते बसेको बैङ्कको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सो लाभांश वितरण गरिनेछ।

प्रतिक्रिया दिनुहोस्