विद्युत् प्राधिकरणद्वारा थप दुई उद्योगको लाइन काटियो



काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले थप दुई उद्योगको लाइन काटेको छ । प्राधिकरणले आइतबार डेडिकेटेड र ट्रंकलाइनको बिल नतिर्ने सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको लाइन काटेको हो ।

 सर्वोत्तम सिमेन्टले ८३ करोड र लक्ष्मी स्टिलले ६२ करोड बक्यौता तिर्न बाँकी रहेको छ । बाँकी दुई उद्योगको लाइन काटिएको प्राधिकरणले जनाएको छ ।
यसअघि प्राधिकरणले शुक्रवार जगदम्बा स्टिल, रिलायन्स सिमेन्ट, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्रंक र डेडिकेटेड लाइनबापतको बक्यौता उठाउन निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्