संसारमा ९९ प्रतिशत मानिसले धेरै नुन खाइरहेका छन् 



काठमाडौँ । नुनबिना हाम्रो खानाको स्वाद अधुरो रहन्छ तर सबैले नुन मात्रामा खानुपर्छ । नुनको अत्यधिक खपत घातक हुन सक्छ र धेरै गम्भीर रोगहरूको जोखिम बढाउँछ। विश्वका अधिकांश जनसङ्ख्याले आवश्यकताभन्दा दोब्बर नुन खपत गरिरहेका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को एक प्रतिवेदनले सो देखाएको हो । यस रिपोर्टमा धेरै चकित पार्ने कुराहरू बाहिर आएका छन् ।  जुन धेरैलाई थाहा छैन । यदि तपाईँ पनि आफ्नो खानामा धेरै नुन मिसाउनुहुन्छ भने, यो खतरनाक बानी तुरुन्तै बदल्न आवश्यक छ।

विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनका अनुसार विश्वभरका वयस्कहरूले दैनिक १०.७८ ग्राम नुन सेवन गरिरहेका छन्, जुन दुई चम्चा बराबर हुन्छ। यसमा ४३१० मिलिग्राम सोडियम हुन्छ, जुन दैनिक आवश्यकता भन्दा झन्डै दोब्बर हो। यसो गर्नु स्वास्थ्यका लागि निकै खतरनाक हुनसक्छ । डब्ल्यूएचओका अनुसार, सबै वयस्कहरूले एक दिनमा २००० मिलिग्राम सोडियम खानुपर्छ। सबैले दैनिक ५ ग्रामभन्दा कम नुन अर्थात् १ चम्चा खानुपर्छ ।

नुनका कारण हरेक वर्ष लगभग १८.९ लाख मानिसको मृत्यु हुन्छ । यति मात्र होइन, अधिक सोडियमका कारण करोडौँ मानिस धेरै गम्भीर रोगको सिकार हुन्छन् । साधरणतया मानिसहरू सोच्छन् कि नुन खाँदा कुनै महत्त्वपूर्ण हानि हुँदैन, तर यो उनीहरूको सबैभन्दा ठुलो गलत धारणा हुन सक्छ। शरीरमा सोडियमको मात्रा बढी हुनु हानिकारक हुन्छ र धेरै नुन खानुको कुनै फाइदा हुँदैन ।

डब्लुएचओका अनुसार धेरै नुन सेवनले गम्भीर रोगको बिरामी बन्न सक्छ । अत्यधिक नुन सेवनले उच्च रक्तचाप, हृदयाघात, ग्यास्ट्रिक क्यान्सर, मोटोपना, मृगौला रोग, ओस्टियोपोरोसिस जस्ता धेरै गम्भीर रोगहरूको जोखिम बढाउँछ। यदि तपाई पहिले देखि नै यी रोगहरूको बिरामी हुनुहुन्छ भने सिमित नुन खानुहोस् र चिकित्सकको सल्लाह पालना गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्