झापाको बिर्तामोडस्थित मनमोहन अस्पतालमा बिरामीको मृत्यु भएपछि…



काठमाडौँ । झापाको बिर्तामोडस्थित मनमोहन अस्पतालमा बिरामीको मृत्यु भएपछि तनाव अवस्था सिर्जना भएको छ । अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै मृतक परिवार र आफन्तले अस्पताल घेराउ गर्दै तोडफोड गर्न खोजेपछि तनाव अवस्था सिर्जना भएको हो।

घुँडामुनि सुन्निएको समस्या लिएर बिर्तामोड ९ की ३५ वर्षीया नर्वदा बाँसकोटालाई सोमबार बिहान मनमोहन अस्पतालमा उपचार गर्न लगिएको थियो । उपचारमा भएको लापरबाहीले उनको मृत्यु भएको भन्दै आफन्तहरू क्षतिपूर्ति र स्वास्थ्यकर्मीलाई कारबाहीसहित प्रदर्शनमा उत्रेका छन् ।

उपचारका क्रममा सोमबार बिहान ल्याइएकी महिलाको साँझ मृत्यु भएको अस्पताल व्यवस्थापनले जनाएको छ । मृतकका छोराछोरीको पालनपोषण, शिक्षादीक्षाका लागि क्षतिपूर्ति र लापरबाही गर्ने स्वास्थ्यकर्मीलाई कारबाही गर्नुपर्ने माग मृतकका परिवारको रहेको छ ।

इमरजेन्सीमा भर्ना भएको बिरामीको दिनभर राख्दा समेत कुनै पनि रिपोर्ट नदिएको र उपचार नगरेको आरोप आफन्तले लगाएका छन् । रिपोर्ट नदिनु र उपचार नगर्नु लापरबाही भएको उनीहरूको भनाइ रहेको छ ।

घटनाका विषयमा छलफल भइरहेको अस्पताल प्रशासनले जनाएको छ । मृतकको शव अस्पतालको आइसियुमा रहेको छ । अस्पताल प्रवेशमा रोक लगाइएको छ । प्रहरीले सोमबार बेलुकादेखि नै अस्पताल परिसरमा सुरक्षा कडा बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्