सहकारी ठगी आरोपमा कार्यकक्षबाटै पूर्व रजिष्ट्रार पराजुली पक्राउ



काठमाडौँ । सहकारी ठगी प्रकरणमा सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार तथा कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् । पर्वत प्रहरीले बुधवार उनलाई कार्यालयबाटै पक्राउ गरेको हो ।

पोखराको मित्र मिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने विषयमा उनले १ करोड २५ लाख मागेका थिए । १ करोड ५ लाख लिएको बयान सहकारीका अध्यक्ष रमण पौडेलले दिएका थिए ।

त्यसकै आधारमा पराजुलीलाई पक्राउ गरिएको हो । गत कात्तिक ४ पक्राउ परेका सहकारीका अध्यक्ष रमण पौडेल र प्रबन्धक किरण अधिकारीले स्याङ्जामा कार्यक्षेत्र विस्तार गर्न रजिस्ट्रारलाई एक करोड २५ लाख रुपैयाँ घुस दिएको बयान दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्