मिटरब्याजीले अदालतमै पीडित कुटेपछि



काठमाडौँ । सिराहा जिल्ला अदालत परिसरमै मिटरब्याजी अभियुक्त श्याम निरौलाले दुई जना पीडितलाई कुटेपछि मिटरब्याज पीडितहरू रातभर जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना बसेका छन्।

विष्णुपुर गाउँपालिका १ का मिटरब्याजी श्याम निरौलाले सिराहा जिल्ला अदालतमा पीडितद्वय रौदी यादव र सुकुमारी साहलाई कुटपिट गरेको भन्दै पीडितहरू रातभर धर्ना बसेका हुन् ।

निरौलालाई कारबाहीको माग गर्दै दिएको जाहेरी दर्ता गर्न प्रहरीले नमानेपछि रातभर धर्ना बसेको मिटरब्याज पीडित सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष मनोज पासवानले जानकारी दिए ।

बिहीबार बिहान ७ बजे प्रहरीले मिटरब्याजी निरौला विरुद्ध जाहेरी लिएपछि धर्ना स्थगित गरेको उनले बताए । यद्यपि प्रहरीले पीडितहरू साँझतिर जाहेरी दिएकाले मुद्दा दर्ता आज गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्