विभिन्न ६ कम्पनीको सेयर मूल्य समायोजन 



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा ६ कम्पनीको सेयर मूल्य समायोजन भएको छ। हिमालयन डिष्टिलरी, साना किसान विकास लघुवित्त, घोराही सिमेन्ट्स, सपोर्ट लघुवित्त, आत्मनिर्भर लघुवित्त र राधी विद्युत कम्पनीको सेयर मूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले यस दिन हिमालयन डिष्टिलरीको १० प्रतिशत, साना किसान विकास लघुवित्तको १४.२५ प्रतिशत, घोराही सिमेन्ट्सको १५ प्रतिशत, सपोर्ट लघुवित्तको १३ प्रतिशत, आत्मनिर्भर लघुवित्तको १० प्रतिशत र राधी विद्युत कम्पनीको ४.७५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो।

समायोजपश्चात हिमालयनको सेयर मूल्य १ हजार ७२५ रुपैयाँ ४५ पैसा, साना किसानको ८८८ रुपैयाँ ३२ पैसा, घोराहीको ५०२ रुपैयाँ ६१ पैसा, सपोर्ट लघुवित्तको ९५५ रुपैयाँ ७५ पैसा, आत्मनिर्भरको १ हजार ६५९ रुपैयाँ ९ पैसा र राधी विद्युतको २२८ रुपैयाँ ६४ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको सेयर मूल्य समायोजन गरेको हो।

प्रतिक्रिया दिनुहोस्