डडेलधुरा अस्पताल चाँडै तीन सय शय्याको हुने



डडेलधुरा अस्पताल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले डडेलधुरा अस्पताल केही समयमै १०० शय्याबाट बढाएर ३०० शय्याको हुने बताए। आइतबार अस्पताल निरीक्षणका लागि डडेलधुरा पुगेका मन्त्री बस्नेतले तीन सय शय्याको अस्पताल सञ्चालन नभएसम्म मेडिकल कलेज पूर्ण रूपमा चल्न नसक्ने भएकाले अस्पतालको क्षमता पनि बढाउँदै लैजानु पर्ने बताए ।

अस्पताल र मेडिकल कलेज एक अर्काका परिपूरक भएकोले दुबैलाई साथ साथै लैजान सके मात्र जनताले चाहेको स्वास्थ्य सेवा र चिकित्सा शास्त्रको पढाई अगाडि बढ्ने बताए । डडेलधुरा अस्पतालले तीन सय शय्यामा सञ्चालन गर्न नयाँ भवन बनाइरहेको छ। मन्त्री बस्नेतले अस्पतालको स्तर उन्नतिका लागि स्वास्थ्य मन्त्रालयले कुनै कसर बाकी नराख्ने बताए ।

प्रतिक्रिया दिनुहोस्