मिर्मिरे लघुवित्तले नगद लाभांश वितरण गर्ने



काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड (MMFDB) ले गत आर्थिक वर्षको मुनाफाबाट नगद लाभांश वितरण गर्ने भएको छ । लघुवित्तले आफ्ना  सेयररधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ६.३२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो।

पुस १३ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सो नगद लाभांश वितरण गरिनेछ।

प्रतिक्रिया दिनुहोस्