गठबन्धनसँग एमालेले माग्यो राष्ट्रियसभाका ६ सिट



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रियसभाको माघ १९ गते हुने निर्वाचनमा ६ सिट मागेको छ । बिहीबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमालेले ६ सिट मागेको प्रधानमन्त्री प्रचण्डले ब्रिफिङ गरेका हुन् ।

‘एमालेले राष्ट्रियसभाका ६ सिट मागेको छ । शान्ति प्रक्रिया टुंग्याउन एमालेलाई पनि सहमतिमै लिएर जाउ भन्ने मेरो प्रयास हो, के गर्न सकिन्छ रु’, गठबन्धनको बैठकमा माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले भनेका थिए । तर गठबन्धनमा रहेका अन्य दलले एमालेले पहिला पनि संसदीय समितिमा आफुले भाग पाए टीआरसी विधेयक अघि बढाउने बताएर २ वटा समिति दिएपनि पछि बहानावाजी गरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्