सुनचाँदीको मूल्य स्थिर



काठमाडौँ । शुक्रवार नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँ कायम कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही कायम भएको हो । अघिल्लो दिन छापावाला सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला १ लाख १८ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य पनि आज अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्