आलमविरुद्धको मुद्दाको पेसी नै तोकिएन



काठमाडौँ । जिल्ला अदालत रौतहटका धेरैजसो न्यायाधीश बिदामा भएकाले काँग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दाको पेसी आज तोकिएन । जिल्ला अदालतका श्रेष्तेदार उद्धव ढोडारीले न्यायाधीशहरू बिदामा भएकाले पेसी नतोकिएको बताए ।  सात न्यायाधीहरुमध्ये आइतबार दुई जना न्यायाधीशहरू मात्र अदालतमा उपस्थित रहेका उनले बताएका छन् ।

सरकारी वकिल र आलमका वकिलबाट बहस नोट प्राप्त भइसकेकाले रौतहट जिल्ला अदालतले मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकेको थियो । तर धेरैजसो न्यायाधीशहरू बिदामा भएकाले पेसीमा चढेन ।

गत कात्तिक तेस्रो साता अदालतले मुद्दाको गाम्भीर्य र जटिलता विचार गरी सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेस गर्न आदेश दिएको थियो ।

२०६४ सालको संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको र पोल खुल्ने डरले बम विस्फोटका घाइतेहरूलाई इँटा भट्टामा हालेर जलाएको आरोप नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री आलमलाई लागेको छ ।

प्रतिक्रिया दिनुहोस्