मिलानले रोमालाई ३–१ ले हरायो



एजेन्सी । इटालियन सिरी ए फुटबलमा आइतबार एसी मिलानले विजयी भएको छ। मिलानले रोमालाई ३–१ ले हराएको हो । मिलानका लागि यासिन अदली, ओलिभर जिरोड  र थियो हर्नान्डेजले समान १ गोल गरेका थिए ।रोमाका लिआन्ड्रो परेडेसले एक गोल फर्काएका थिए ।
अदलीको गोलबाट मिलानले  ११औँ मिनेटमा अग्रता लिएको थियो।

५६औँ मिनेटमा जिरोडले गोल गरेका थिए। पेरेडेसले ६९ औँ मिनेटमा पेनाल्टीमार्फत गोल फर्काउँदै अन्तर कम गराएका थिए। तर खेल सकिन ६ मिनेट बाँकी रहँदा मिलानका हर्नान्डेज  गोल गरेका थिए ।

जितपछि मिलान २० खेलबाट ४२ अङ्क पुगेको छ र टोलीले अङ्क तालिकाको तेस्रो स्थानमा छ । शीर्ष स्थानको इन्टर मिलानको ५१ अङ्क छ । एल खेल कम खेलेको युभेन्टस ४६ अङ्कसहित दोस्रो स्थानमा छ । रोमा २९ अङ्कसहित नवौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्