अमेरिकामा विमान दुर्घटना हुँदा ३ जनाको मृत्यु



काठमाडौँ । अमेरिकाको म्यासाचुसेट्सको दुर्गम जंगल क्षेत्रमा एउटा सानो विमान दुर्घटना हुँदा फ्लाइङ ट्रेनिङ स्कूलका मालिक र विद्यार्थी पाइलटसहित तीन जनाको मृत्यु भएको छ । प्रहरीले सोमबार सो जानकारी दिएको हो । साउथविक, म्यासाचुसेट्सकी ५३ वर्षीय फ्रेड्रिका बलार्ड ‘फ्लाई लुगु फ्लाइट स्कूल’का मालिक थिए भने इन्डियन अर्कार्डका ६८ वर्षीय विलियम ह्याम्पटन फ्लाइङ ट्रेनर थिए।

वुडस्टक, कनेक्टिकटका २९ वर्षीय चाड डेभिडसन आइतबार दुर्घटनाग्रस्त विमानमा विद्यार्थी पाइलट थिए। विमानमा यी तीन जना सवार थिए । प्रहरीका अनुसार आइतबार बिहान ११ः०६ बजे वेस्टफिल्डको बार्नेस एयरपोर्टबाट उडेको बिचक्राफ्ट ब्यारन ५५ सानो विमान म्यासाचुसेट्सको लेडेननजिकै दुर्घटनाग्रस्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्