त्रिशूलीमा खसेको गाडी भारतीय नम्बर प्लेटको



काठमाडौँ । त्रिशूली नदीमा खसेको सवारी साधन भारतीय नम्बर प्लेट रहेको  पाइएको छ ।  तर, कुन सवारी साधन हो भन्ने अझै प्रस्ट हुन सकेको छैन।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ–मुग्लिन सडकखण्डको ३ नम्बर पुल  मुनि सवारी साधन देखिएको छ। सवारी साधनको नम्बर प्लेटमा बीआर ०९ जीसी १४३० लेखिएको छ। नम्बर प्लेट फेला परेकोले भारतीय गाडी रहेको पुष्टि भएको हो ।घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्