मेस्सीलाई फिफा द वेस्ट अवार्ड



एजेन्सी – अर्जेन्टिना कप्तान लियोनल मेस्सी र स्पेनी ऐटाना बोनमटी फिफा द वेस्ट २०२३ अवार्ड जितेका छन् । सोमबार लन्डनमा आयोजना भएको कार्यक्रममा म्यानचेस्टर सिटीका एर्लिङ हालान्ड र पेरिस सेन्ट जर्मेन ९पिएसजी० का केलियन एमबाप्पेलाई पछि पार्दै इन्टर मायामीका मेस्सीले अवार्ड जितेका हुन्।

सिटीका इडरसनले गोलकिपरको अवार्ड जिते भने । सिटीकैे पेप ग्वार्डिओलाको उत्कृष्ट प्रशिक्षक चुनिए। सिटीले गत सिजन प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कप गरि तेहेरो उपाधि जितेको थियो।

मेजर लिग सकर (एमएलएस) क्लब मायमीमा आबद्ध हुनुअघि मेस्सी पिएसजीमा थिए। उनले तेस्रो पटक फिफा द वेस्टमा अवार्ड जितेका हुन्। यस अघि सन् २०१६ र २०२२ मा पनि अवार्ड जितेका थिए।

पिएसजीबाट ९ गोल गर्दै फ्रेन्च लिग वान उपाधि जितेका मेस्सीले मायमीबाट १० गोल गर्दै लिग कप उपाधि उचालेका थिए। हालान्ड गत सिजन उच्च फर्म थिए। प्रिमियर लिगमा ३६ गोलसहित उनले कीर्तिमानी ५२ गोल गरेका थिए।

राष्ट्रिय टोलीका प्रशिक्षक र कप्तान, पत्रकार र फिफाको वेभसाइटमा प्रशंसकहरुबाट प्राप्त भोटको आधारमा अवार्डको विजेता घोषणा गरिन्छ। ‍मेस्सी बालन डि’ओर का कीर्तिमानी ८ पटकका‌ विजेता हुन् ।

बालेन डि’ ओर कि विजेता रहेकी बोनमटीले स्पेनलाई महिला विश्वकप उपाधि र बार्सिलोनालाई युरोपेली च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्