पशुपतिको जलहरी प्रकरण : सदस्यसचिव थापा ३ लाख धरौटीमा रिहा



काठमाडौँ । पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्यसचिव डा। मिलन कुमार थापा ३ लाख धरौटीमा रिहा भएका छन् । विशेष अदालतले निलम्बित सदस्यसचिव थापासँग ३ लाख धरौटी लिएर रिहा गर्ने आदेश दिएको हो ।

पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको भन्दै अख्तियारले थापासहित पूर्व सदस्यसचिव डा। प्रदीप ढकाल र विशेष नाइके अरुण श्रेष्ठ विरुद्ध १ करोड १७ लाख रुपैयाँको बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । भ्रष्टाचारको मुद्दा दायर भए लगत्तै निलम्बनमा परेका थापासँग विशेष अदालतका न्यायाधीश द्वय डा। खुसीप्रसाद थारु र रामबहादुर थापाको इजलासले ३ लाख रुपैयाँ धरौटी माग गरेको थियो । विशेष अदालतका प्रवक्ता धनबहादुर थापाका अनुसार गत पुस २५ गते नै उक्त आदेश भएको हो ।

प्रतिक्रिया दिनुहोस्