खाना पकाउने ग्यासको सिलिन्डर पड्किँदा एकको मृत्यु



काठमाडौँ । पश्चिम चितवनको फूलबारीमा खाना पकाउने ग्यास सिलिन्डरबाट ग्यास चुहावट भई पड्किँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५, डेरीचोकका ५० वर्षीय मनिष थापा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर सिलिन्डर पड्किँदा थापाको सोमबार मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ ।स्थानीय अविनाश फटिलाइजर कम्पनीको हातभित्र आगलागी भएको हो । घटनाको थप अध्ययन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्