ललितपुरका विभिन्न स्थानमा आज ६ घण्टा विद्युत् बन्द 



काठमाडौँ । आज ललितपुरका विभिन्न स्थानमा ६ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको लगनखेल वितरण केन्द्रका अनुसार चिबहाल गेटदेखि सिमाको चोकसम्म चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने काम गर्नुपर्ने भएकाले आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने भएको हो ।

गोदावरी नगरपालिकाका वडा नम्बर ११, १२, १३, ५ र ६ नम्बर वडामा बिजुली बन्द हुनेछ  । यसै गरी लेले, टीकाभैरव, नल्लु, चापागाउँ, टाखेल, ठेचो, झरुवारासी लगायतका स्थानहरूमा पनि बिजुलीको लाइन काटिने प्राधिकरणले जनाएको छ । काम निर्धारित समयभन्दा अगाडि नै सम्पन्न भएमा अगाडि नै लाइन सुरु हुनसक्ने पनि प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्