अविनाशको शल्यक्रिया सफल, एक महिना मैदान बाहिर रहने



काठमाडौँ । नेपाली क्रिकेट टोली तथा एपीएफ क्लबका तीव्र गतिका बलर अविनाश बोहराको हातको शल्यक्रिया सफल भएको छ । बिहीबार प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध ब्याटिङ गर्ने क्रममा अभिनाशको बायाँ हातको हत्केलामा चोट लागेको थियो ।

टियु एन्डबाट आएका तीव्र गतिका बलर रुपेश सिंहको ४९ औँ ओभरको दोस्रो वाइडतर्फको बल धेरै पछि गएर राइट बनाएर खेल्नेक्रममा उनको बायाँ हातको हत्केलामा चोट लागेको थियो । उक्त चोटपछि उनी वयोधा अस्पताल बल्खुमा उपचार गर्न गएका थिए । बिहीबार नै उनको शल्यक्रिया भएको छ । अविनाशको बिहीबार शल्यक्रिया भएको छ । उनी एक महिना समय मैदान बाहिर रहनेछन् । उनको स्थानको यज्ञमान कुमाललाई  खेलाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्