अफगानिस्तानमा एअरएम्बुलेन्स दुर्घटना : चार जनाको जीवितै उद्धार, दुई जना बेपत्ता



काठमाडौँ । थाइल्यान्डबाट रसियाको मस्को जाँदै गरेको एअरएम्बुलेन्स अफगानिस्तानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । एअर एम्बुलेन्समा रहेका ६ जनामध्ये चार जनाको जीवितै उद्धार भएको छ भने दुई जना बेपत्ता भएका छन्। बेपत्ता भएकाहरूको बारेमा जानकारी सङ्कलन भइरहेको अन्तर्राष्ट्रिय समाचार संस्था पीटीआईलाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

अधिकारीका अनुसार यो विमान इन्धनका लागि भारतको गया एअरपोर्टमा रोकिएकाले सुरुमा यो भारतीय विमान भएको खबर आए पनि भारतको नागरिक उड्डयन विभागले त्यसको खण्डन गरेको थियो । गया विमानस्थलबाट इन्धन भरेपछि अस्ति शनिवार विमान उडेको थियो । यसअघि रुसी नागरिक उड्डयन अधिकारीहरूले विमान चालक दलका चार सदस्य र दुई यात्रुसहित एअर एम्बुलेन्स बेपत्ता भएको बताएका थिए । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्