सम्पर्कविहीन २४ जना प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन



काठमाडौँ । एक महिनायता सम्पर्कविहीन भएका २४ जना प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिइएको छ । प्रहरी प्रधान कार्यालयले बुधवार एक सूचना जारी गर्दै उनीहरूलाई सम्पर्कमा आउन निर्देशन दिएको हो ।

३ जना प्रहरी सहायक निरीक्षक (असई) हवलदार,३ जना प्रहरी सहायक हवलदार र १८ जना प्रहरी जवान एक महिनाभन्दा बढी समयदेखि आफूखुसी गैर हाजिर रहेको प्रहरी महानिरीक्षकको सचिवालयले जानकारी दिएको छ।

प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा हाजिर नभएको र खोजतलास गर्दा सम्पर्कमा नआएको भन्दै तत्काल सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको छ । सात दिनभित्र हाजिर नभए सेवाबाट हटाउने सम्मको कारबाही हुने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्