स्वस्थानी व्रत सुरु शाली नदीमा भक्तजनको भीड



काठमाडौँ । प्रत्येक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा आजबाट सुरु भएको छ । माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । शाली नदीमा भक्तजनहरूको बिहानै देखि भीड लागेको छ ।

स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । त्यसैले आजको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबिच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस्