युक्रेनले रुसी विमान खसाल्दा ७४ जनाको मृत्यु



काठमाडौँ । युक्रेनले रुसी विमान खसाल्दा ७४ जनाको मृत्यु भएको छ। रुसले बुधवार युक्रेनमाथि दर्जनौँ युक्रेनी बन्दीलाई बोकेको एक सैन्य विमान युक्रेनले खसालेको रुसले आरोप लगाएको छ। रुसको पश्चिमी बेलगोरोड क्षेत्रमा एउटा ठूलो विमान आगो लागेर दुर्घटनाग्रस्त भएको बताइएको छ।

रुसको रक्षा मन्त्रालयले आइएल–७६ विमानले रुसको आक्रमणमा समातिएका ६५ जना युक्रेनी सैनिक, ६ चालक दल र तीन एस्कर्टलाई लैजाँदै गरेको जनाएको छ। खार्किभ सीमा क्षेत्रमा तैनाथ युक्रेनी सेनाले यातायात विमानमा दुई क्षेप्यास्त्र प्रहार गरेको भन्दै मन्त्रालयले उक्त घटनालाई ‘आतङ्कवादी काम’ भनेको छ।

रक्षा मन्त्रालयका अनुसार उक्त दुर्घटना बुधबार बेलगोरोडको सीमामा भएको बन्दी आदानप्रदानमा सहमति भएको केही घन्टाअघि भएको थियो। बन्दीहरूको आदानप्रदानका लागि जिम्मेबार अधिकारीमध्येका युक्रेनी जाँच अधिकारी दिमित्रो लुबिनेट्सले आफ्नो कार्यालयले घटनाको अनुसन्धान गरिरहेको बताए। गभर्नर व्याचेस्लाभ ग्ल्याडकोभले दुर्घटना करिब आठ बजे जिएमटीमा बेलगोरोड क्षेत्रको राजधानीको उत्तरपूर्वमा कोरोचान्स्की जिल्लामा भएको जानकारी दिए।

युक्रेनका अनुसार सर्वसाधारणहित आठ हजारभन्दा धेरै युक्रेनी रुसी बन्दीगृहमा रहेका छन् । सन् २०२२ मा रुस र युक्रेनले एकअर्कामाथि पूर्वी युक्रेनको डोनेट्स्क क्षेत्रमा क्रेमलिन नियन्त्रित ओलेनिभ्कामा समातिएका दर्जनौँ युक्रेनी सैनिकलाई राखिने कारागारमा घातक बमबारी गरेको आरोप लगाएका थिए। रासस

प्रतिक्रिया दिनुहोस्