यु-१९ विश्वकप : नेपालले अफगानिस्तानको सामना गर्दै 



काठमाडौँ । आइसीसी यु–१९ विश्वकप अन्तर्गत आज नेपालले समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग खेल्ने भएको छ । समूह डी मा रहेको नेपालको यो खेल नेपाली समय अनुसार अपराहन्न १ः४५ बजेदेखि सुरु हुँदै छ। नेपालले आफ्नो पहिलो खेलमा न्यूजील्याण्डसँग ६४ रनको हार बेहोरेको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटको हार बेहोरेको थियो।

अहिलेसम्म समूह डी मा न्यूजील्याण्ड र पाकिस्तानले लगातार दोस्रो जित हासिल गर्दै सुपर सिक्समा आफ्नो स्थान सुरक्षित गरेका छन् । अब आजको नेपाल र अफगानिस्तान दुवैले आफ्ना २–२ खेलमा हार बेहोरेका हुनाले यस खेलको विजेता समूह डी बाट सुपर सिक्समा पुग्ने तेस्रो टिम हुने छ । त्यसैले पनि दुवै देशका लागि यो खेल जित्नै पर्ने दबाब रहेको छ।

विश्वकप खेल्ने नेपाली टिम :

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन कुमार झा, दिपेशप्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापामगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द ।

प्रतिक्रिया दिनुहोस्