आइसिसीले नेपालका स्पिनर सुवास भण्डारीलाई कारबाही स्नरुप दियो एक डेमेरिट प्वान्ट 



काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाली‌ यु १९ का स्पिनर सुवास भण्डारीलाई कारबाहीमा गरेको छ । दक्षिण अफ्रिकामा जारी आइसिसी यु-१९ विश्वकपमा पाकिस्तानविरुद्धको खेलका दौरान भएको गल्तीका कारण आइसिसीले उनलाई  कारबाही गरिएको जनाइएको छ ।

आइसिसीले सुवासलाई एक डेमेरिट प्वान्ट दिएको छ । नेपालले ५ विकेटले गुमाएको पाकिस्तानविरुद्धको त्यो खेलको १४औँ ओभरमा सुभाषले शाहजैब खानलाई अनावश्यक बल फ्याँकेपछि उनको काँधमा लागेको थियो । आइसिसीको आचार संहिता २.९ उल्लङ्घन गरेका कारण उनी कारबाहीमा परेका हुन् ।

एक डेमेरिट प्वाइन्ट आगामी २४ महिनासम्म रेकर्डमा रहनेछ । कुनै खेलाडीले २४ महिनाभित्र ४ डेमेरिट प्वाइन्ट पाएमा २ खेलको प्रतिबन्धको‌ सामना गर्नुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्