हुन्डी कारोबार गर्ने दुई जान पक्राउ 



काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोले हुन्डी कारोबारगर्ने दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँ जिल्ला का.म.न.पा.वडा नं.१० अनामनगर स्थित युवराज प्रसाईको घरमा अवैध रूपमा नेपाल राष्ट्र बैङ्कबाट अनुमति नलिई रकमको हुन्डी कारोबार गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले युवराज प्रसाईँ (ठेगाना:( जिल्ला काठमाडौँ का।म।पा।वडा नं.१० अनामनगर) र विश्वास  राई (जिल्ला सुनसरी धरान उ।म।न।पा। वडा नं.१९ । हाल काठमाडौँ जिल्ला का.म।.पा. वडा नं.६ नयाँवस्ती)लाई पक्राउ गरेको हो ।

ब्युरोबाट खटिई गएको प्रहरी टोलीले युवराज प्रसाईँ समेतलाई मिति २०८०/१०/११ गते नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्ने क्रममा निज समेत भई काठमाडौँ जिल्ला का.म.पा.वडा नं.६ बौद्ध नयाँ बस्तीमा विश्वास राईले भाडामा लिई प्रयोग गरेको सटर कोठाबाट गैह्र कानुनी तवरबाट हुन्डी कारोबार गरेको अवस्थामा फेला पारेको हो ।

खानतलासी गर्दा उक्तसटर कोठाबाट अबैंध नेपाली रु.३०,१८,०००।–ल्यापटप थान-२ (दुई), मोबाईल थान-५ (पाँच) बरामद गरिएको छ । उनीहरू माथि काठमाडौँ जिल्ला अदालत बबरमहलबाट नेपाल राष्ट्र बैङ्क ऐन, २०५८अन्तर्गतको कसुरमा म्याद थप गरी अनुसन्धान थालीएको छ ।

प्रतिक्रिया दिनुहोस्