आजदेखि धरहरा क्षेत्रमा निःशुल्क पार्किङ सुविधा



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि धरहरा क्षेत्रमा निःशुल्क पार्किङ सेवा उपलब्ध गराएको छ । गत मङ्गलवारदेखि न्युरोडमा कालोपत्र सडकमाथि गाडी पार्किङ निषेध गरेको महानगरपालिकाले विकल्पमा धरहरा क्षेत्रमा पार्किङ उपलब्ध गराएको हो ।

महानगरले यसअघि नै पुरानो बसपार्क क्षेत्रमा पनि पार्किङ सुविधा उपलब्ध गराएको छ । धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध भएको  महानगरले जानकारी गराएको छ ।

५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुनेछ । शहीदगेटबाट नयाँ सडक जाँदा बायाँपट्टि काठमाडौँ मलबाट खिचापोखरीतर्फ लाग्ने सडकबाट पार्किङ गर्ने ठाउँमा पुगिन्छ ।

प्रतिक्रिया दिनुहोस्