सिराहाका एसपी र सीडीओलाई जिम्मेवारीबाट हटाइयो



काठमाडौँ । सिराहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई जिम्मेवारीबाट हटाएको छ । गृह मन्त्रालयले पाण्डेलाई  जिम्मेवारीबाट हटाएको हो ।

मन्त्रालयकै निर्देशनमा जिल्ला प्रहरी कार्यालय, सिराहाका प्रमुख एसपी टेकुनन्द इवा लिम्बु समेत जिम्मेवारीबाट हटाइएका छन् । गृह मन्त्रालयले दुवैलाई जिम्मेवारीबाट हटाउनुको कारणबारे बताएको छैन । एसपी लिम्बु प्रहरी सेवाको अन्तिम अवधितिर छन् ।

प्रतिक्रिया दिनुहोस्