सुदूर पश्चिममाथि एपीएफको जित 



काठमाडौँ । नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमाथि जित निकालोको छ ।  एपीएफले सुदुरपश्चिमा माथि ३ विकेटको कठिन जित हात पार्दै फाइनल पुग्ने अङ्क गणितीय सम्भावना कायम राखेको छ ।

जितको लागि ८८ रनको सामान्य विजयी लक्ष्य एपीएफले १४.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको हो ।  एपीएफको जितमा सन्दीप जोराले १५ बलमा २ चौकासहित सर्वाधिक १८ रन बनाए । लोकेश बम ६, आसिफ शेख १५, सुमित महर्जन र रोहित पौडेल ४–४ रनमा आउट भए । भुवन कार्की १४ र प्रदीप ऐरी १२ रनमा आउट भए ।

सुदूरका दीपक चन्दले ७ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए । नरेन साउदले ६ ओभरमा ४४ रन खर्चेर ३ विकेट लिए । त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम १६.२ ओभरमा ८७ रनमा अल आउट भएको थियो ।

सुदूरका नारायण जोशी २५ बलमा ३ चौका र ३ छक्कासहित ३१ रनमा नट आउट रहेका थिए । आफ्नो करिअरकै पहिलो राष्ट्रिय स्तरको खेल खेलेका चन्दले सुदूरको शीर्ष र मध्यक्रम ध्वस्त पारेका थिए । उनले ओपनर टेक रावतलाई शून्य, नरेन भट्टलाई १, मिलन बोहरालाई ८ रनमा बोल्ड आउट गरे ।

खड्क बोहरालाई २४ रनमा आउट गराए । कप्तान राजु रिजाललाई ५ रनमा एलबीडब्लू आउट गरेका थिए । सुदूरका शीर्ष पाँच ब्याटर सबै चन्दनको बलमा आउट भएका थिए । त्यसपछि भुवन कार्की र रोहित पौडेलले विकेट लिँदै सस्तैमा अल आउट गरेका हुन् । शेर मल्ल ५, नरेन साउद, दीपक चन्द र भोजराज भट्टले खाता खोल्न सकेनन् ।

एपीएफले चन्दनलाई पुरन बिकको स्थानमा आज डेब्यू दिएको थियो । एपीएफको जितमा चन्दन रामले ७ ओभरमा ५१ रन खर्चेर ५ विकेट लिए । भुवन कार्कीले ६.२ ओभरमा १ मेडनसहित १४ रन खर्चेर ३ विकेट लिए । रोहितकुमार पौडेलले २ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । पुलिस ७ खेलमा १४ अङ्कका साथ फाइनलमा पुगेको छ ।

एपीएफ ८ खेलमा ५ मा जित र ३ मा हारसहित १० अङ्कका साथ पाँचौँ स्थानमा छ । एपीएफले बुधवार कर्णालीसँग टियुमा खेल्नेछ । एपीएफ अन्तिम खेलमा विजयी भएमा १२ अङ्कमा पुग्नेछ । तर त्यो १२ अङ्क भने फाइनल खेल्न पर्याप्त हुने छैन । अन्य टोलीको नतिजामा भर पर्नुपर्छ ।

आर्मी ८ खेलमा ६ मा जित र २ मा हारसहित १२ अङ्कका साथ दोस्रो स्थानमा छ । आर्मीले अन्तिम खेल बिहीबार गण्डकीसँग खेल्नेछ । आर्मी उक्त खेलमा पराजित भएमा मात्रै एपीएफ १२ अङ्कमा नेटरनरेटमा माथि रहँदै फाइनल खेल्ने झिनो अङ्क गणितीय सम्भावना बाँकी छ । आर्मी विजयी हुँदा भने एपीएफको फाइनल खेल्ने सम्भावना समाप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्